Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुवेतविरुद्धको खेल रद्द भए नेपाल फाइनलमा पुग्ने

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ– एसिसी प्रिमियर लिगको सेमिफाइनलअन्तर्गत खेलमा नेपाल र कुवेतबीचको जारी खेल फेरि वर्षाका कारण रोकिएको छ । 

वर्षाका कारण रोकिएमो उक्त खेल रद्द भए नेपाल स्वतः फाइनलमा पुग्ने नियम छ । 

नेपाल जितनजिक भएको अवस्थामा पानी परेपछि खेल रोकिएको छ ।

ब्याटिङमा सानदार प्रदर्शन गरेको नेपाल बलिङमा पनि कुवेतमाथि उस्तै हाबी भएको छ ।

कुवेतले ८.३ ओभरमा ३७ रन बनाएको अवस्था ६ विकेट गुमाइसकेको थियो । सोहीबेला पानी परेपछि खेल रोकिएको हो । 

करण केसीले व्यक्तिगत पाँचौ विकेट लिँदा नेपाललाई पाँचौ सफलता हासिल भएको हो ।

एक विकेट सोमपाल कामीको नाममा छ ।

अहिलेको अवस्थामा डिएल मेथडमा गए पनि नेपाल धेरै बलियो अवस्थामा छ ।

 

यसअघि वर्षाको कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २८१ रन बनाएको थियो ।

कुवेतले २८२ रनको लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको छ ।  


 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्