खेल रद्द भएसँगै नेपाल फाइनलमा
काठमाडौँ– एसिसी प्रिमियर कपको सेमिफाइनलअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ ।
नेपाल जितनजिक भएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । सोही आधारमा नेपाल विजेता घोषित भएको हो ।
ब्याटिङमा सानदार प्रदर्शन गरेको नेपाल बलिङमा पनि कुवेतमाथि उस्तै हाबी भएको थियो ।
कुवेतले ८.३ ओभरमा ३७ रन बनाएको अवस्था ६ विकेट गुमाइसकेको थियो । सोहीबेला पानी परेपछि खेल रोकिएको हो ।
करण केसीले व्यक्तिगत पाँचौ विकेट लिँदा नेपाललाई पाँचौ सफलता हासिल भएको हो ।
एक विकेट सोमपाल कामीको नाममा छ ।
यसअघि वर्षाको कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २८१ रन बनाएको थियो ।
नेपालले टस हारेर पहिले ब्याटिको निम्तो पाएको थियो । सो क्रममा नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । कप्तान रोहित पौडैल शतक बनाउनबाट ६ रनले चुकेका थिए । ९४ रन बनाएपछि छक्का प्रहार गर्दै शतक बनाउने प्रयास गर्दा उनी क्याच आउट भएका थिए । उनले ९५ बल खेलेका थिए ।
यसअघि रोहितले ५६ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।
यस्तै कुशल मल्लले ४२ बलमा ५१ रन बनाउँदै अर्धशतक बनाएका थिए । उनी पछि ४४ बलमा ५७ रन बनाएर आउट भए ।
यसैगरी ओपनर कुशल भुर्तेलले ३९ बलमा ४३ तथा अर्का ओपनर आसिफल शेखले २८ बलमा ३१ रन बनाए ।
त्यस्तै आरिफ शेखले १९ बलमा १९ रन बनाउँदा सोमपाल कामीले अविजित ११ बलमा १३ रन जोडेका थिए ।
त्यसैगरी करण केसीले ६ बलमा ७, सन्दीप लामिछानेले ४ बलमा ५, ललित राजबंशीले १ बलमा अविजित २ रन बनाए ।
दीपेन्द्रसिंह ऐरी भने शून्य रनमा आउट भएका थिए ।
कुवेतले २८२ रनको लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको थियो ।
अब नेपालले युएई र ओमानबीचको खेलको विजेताविरुद्ध सोमबार फाइनल खेल खेल्नेछ । सो जिते नेपाल एसिया कपमा छनोट हुनेछ ।