Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईडब्ल्यूएलमा नेपालको पहिलो जित

आइतबार, वैशाख १७, २०८०

काठमाडौं –राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा पहिलो जित दर्ता गरेको छ । 

भारतको गुजरातको अहमावादस्थित शाहीबाग प्रहरी स्टेडियममा आइतबार बिहान भएको खेलमा किकस्टारले ओडिसा एफसीलाई २–० गोल अन्तरले हराएको हो । 

खेलको ३६औं मिनेटमा किओको एलिजावेथ कटुङ्गवाले गोल गर्दै किकस्टारलाई सुरुवाती अग्रता दिलाइन् । 

७३औं मिनेटमा लेशराम बिबिचा देवीले अग्रता दोब्बर पारिन् ।

खेलमा सरुले सुरुवाती रोजाइमा स्थान बनाएकी थिइन् । रेनुका भने खेलको इन्ज्युरी समयमा मैदान प्रवेश गरिन् ।

समूह ए मा रहेको किकस्टार एक खेलमा जित र एक खेलमा हार भाग्दै ३ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । 

अर्को खेलमा इस्टर्न स्पोर्टिङ युनियनले सेल्टिक क्विन एफसीलाई ३–० ले हरायो ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार