Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार आन्दोलित

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–नेपाल बार एसोसिएशन आजदेखि आन्दोलनमा उत्रिएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशनियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रेको हो ।

वैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराएर बार आन्दोलनमा उत्रेको महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिइन् ।

स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, विसंगती अन्त्य गर, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, संवैधानिक परिषदको बैठक अविलम्व बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो ।

देशैभरि आन्दोलन गर्नका लागि केन्द्रीय बारले मातहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्