Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेगवे इलेक्ट्रिक स्कुटरबाट पूर्व–पश्चिम यात्रा

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–सेगवे इलेक्ट्रिक स्कुटर ई सयमार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वदेखि पश्चिम अर्थात काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । दुईवटा  ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटरले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ । 

६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए । उनले यात्राको दौरान चार्जिंग खर्च ६५० रुपैयाँ मात्रै खर्चिएका थिए । यस किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरुमा  वातावरण मैत्री यातायात साधनका विकल्पको प्रवद्र्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्साहन दिएको छ । 

यात्रा आवाधी भरि, सेगवे ई सयको कार्य क्षमताको सफलतापूर्वक उचित परीक्षण गरिएको थियो । जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्