सरकार र महावीर पुनबीच वार्तामा के भयो?
काठमाडौं– अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्द धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले आइतबार वार्ता गरेको छ । वार्तामा दुवै पक्षबीच टोली गठन गरेर वार्ता प्रक्रिया अघि बढाउने सहमति जुटेको छ ।
रक्षा मन्त्रालयमा भएको वार्तामा सरकार र पुनबीच टोली गठन गरेर वार्ता प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको छलफल पछि पुनले बेलुकी ५ बजेभित्र वार्ता टोली गठन गरेर संवाद अघि बढाउने छन् ।
पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा रक्षामन्त्री खड्काले आफूलाई बोलाएर वार्ता के–कसरी गर्ने भन्ने बारे सुझाव मागेको बताए ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेका हुन् ।