सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र हिमालयन शेर्पाको खेल बराबरीमा टुंगियो
काठमाडौं –सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार वर्षाका कारण स्थगित भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार रोकिएको ७१औं मिनेटबाट सुरु भएको थियो ।
पहिलो मिनेटमै नवयुग श्रेष्ठले गरेको गोलसँगै आर्मीले अग्रता लिएको थियो । तर, ५५औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका थिए ।
त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे । बराबरीसँगै १३ खेलबाट २० अंक जोडेको आर्मी अंक तालिकाको चौथो स्थानमा छ । समान खेलबाट १४ अंक जोडेको शेर्पा १२औं स्थानमा उक्लिएको छ ।
शनिबार प्रभावित भएर शनिबार टुङ्गिएको अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले पनि १–१ गोलको बराबरी खेलेका थिए । अहिले एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाइटेड र मनाङ मस्र्याङ्दी क्लब प्रतिस्पर्धा गरिरहेका छन् ।