नेभिगेशन
विश्व

तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आमाले गरिन् आत्महत्या

गया– विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् । 

जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ । 

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् । छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन् । 

घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ । मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन