नेभिगेशन
सुरक्षा–अपराध

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने रेग्मी पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख रुपैयाँ ठगी गर्ने चितवन भरतपुर महानगरपालिका घर भई काठमाडौँको लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आज पक्राउ गरेको हो । 

पक्राउ परेका रेग्मी लाजिम्पाटस्थित माझी विष्ट्रो रेष्टुरेण्टका सञ्चालकसमेत हुन् । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले अष्ट्रेलियामा मासिक तीन लाख रुपैयाँ भन्दा बढी तलब हुने प्रलोभन देखाएर ३० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

रेग्मीलाई वैदेशिक रोजगार विभागबाट गरिएको पत्राचारको आधारमा दरबार मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ रेग्मीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

sanjaya_regmi1682868015.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ