राजस्थानमाथि मुम्बईको नाटकीय जित
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा ऐतिहासिक हजारौं खेलमा सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्सले नाटकीय जित हासिल गरेको छ ।
टिम डेभिडले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेपछि मुम्बईले १ पटकको विजेता राजस्थानलाई ६ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाली खेलाडी डेभिडले १४ बलमा ४५ रन बनाए र मुम्बईले १९.३ ओभरमा चार विकेट गुमाएर २१४ रन बनायो ।
यसअघि राजस्थानले ओपनर यशस्वी जयसवालको १२४ रनको मद्दतले ७ विकेटमा २१२ रन बनाएको थियो ।
‘प्लेयर अफ द म्याच’समेत भएका जयसवालले १६ चौका र आठ छक्का प्रहार गरे । यद्यपि, यो जस्थानलाई जित दिलाउन पर्याप्त रहेन ।
यो जितपछि सातौँ स्थानमा रहेको मुम्बईको ८ अंक भएको छ । हारका बाबजुद राजस्थान १० अंकुसहित तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० ०७:३४
प्रतिक्रिया दिनुहोस्