नेभिगेशन
समाज विविध
आजको मौसम :

देशैभरका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना, मधेसमा हावाहुरी 

काठमाडौँ– आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशैभरका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । 

यसैगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा