Nic Ad Nic Ad
Nic Ad Nic Ad

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

सोमबार, वैशाख १८, २०८०

काठमाडौँ– एसिया कप क्रिकेटमा छनोट हुन युएईविरुद्ध आज अन्तिम खेल खेलिरहेको नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा गुलशन झालाई मौका दिएको छ ।

खेल बिहान ९ बजे सुरु हुनेछ । 

यस्तो छ नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशी ।

एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो ।

आज युएईलाई हराए नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानजस्ता ठूला टोलीसँग खेल्नेछ । यसर्थ, यो खेल नेपाली क्रिकेट इतिहासकै लागि महत्वपूर्ण छ । 

घरेलु टोली नेपाल समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर जितनजिक पुगेको अवस्थामा वर्षाका कारण खेल रद्द भएपछि नेपाल फाइनलमा पुगेको हो ।

नेपालले जारी खेलमा अपराजित छ । नेपालले ४ खेलमा ३ मा जित निकालेको थियो । साउदी अरेबियाविरुद्धको खेल पनि पानी परेका कारण अनिर्णीत हुँदा नेपालले १ अंक पाएको थियो । 

आजको खेलमा पनि वर्षा भए पहिले फिल्डिङ गर्ने टोलीलाई फाइदा पुग्ने देखिन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्