Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

सोमबार, वैशाख १८, २०८०

कर्णाली– राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ । कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनले सात दिनसम्म बन्द शिक्षणमा खेलाडीलाई राखेपछि अपेक्षाअनुरुपको सफलता हासिल भएको बताए । 

काठमाडौँस्थित दशरथ रङ्गशालाको कर्बड हलमा आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले आइतबार भलिबल खेल प्रतियोगितामा जित हात पारेको हो । छात्रतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णालीले जित हात पारेको हो । कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो । 

वेस्ट अफ फाइभ (फाइनल)मा खेलाइएको उक्त खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो । यसैगरी चौथो सेट जित्न सफल कर्णालीले फाइनल सेट पनि आफैँले जितेको थियो । 

त्यस्तै, एथ्लेटिक्सअन्तरगत चार सय र आठ सय मिटर दौड प्रतियोगितामा सरिता खड्का प्रथम, सटफुटमा धीरेन्द्र विक प्रथम, आठ सय मिटर दौडमा प्रकाश बुढा द्वितीय, एक मिटरमा सुशील आले तेस्रो, कराँते कातामा लक्ष्मकुमार शाही र प्रियङ्का शाही तेस्रो, तेक्वान्दो ४५ केजीमा निशान प्याकुरेल र छात्रा तीन हजार मिटर दौड प्रतियोगितामा उर्मिला खनाल तेस्रो र छात्रतर्फ अजय विकले दोस्रो स्थान हात पारेको परिषद्ले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्