रास्वपाले सरकारमा जाने वा नजाने निर्णय शुक्रबार लिने, रवि संसदीय दलको नेता
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागिता जाने वा नजाने विषय अब शुक्रबार मात्रै निर्णय लिने भएको छ ।
सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ–आफ्ना धारणा राखेका छन् । केन्द्रीय सदस्यहरूको धारणा नआइसकेकोले पार्टीले शुक्रबार मात्रै निर्णय लिने भएको हो ।
महामन्त्री डा. मुकुल ढकालकाअनुसार सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने छ ।
साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएमा सरकारमा जान सकिने विषयसमेत बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकारमा जाँदा हुने फाइदा÷ बेफाइदा र प्रतिपक्षमा बस्दा हुने फाइदा ÷बेफाइदाबारे धारणा राखेका थिए ।
लामिछाने संसदीय दलको नेता
पार्टीले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउने निर्णय गरेको हो ।