Nic Ad Nic Ad
Nic Ad Nic Ad

लडाकुलाई २ लाख दिने नाममा स्यालहुइँया मच्चाइयो : प्रचण्ड

सोमबार, वैशाख १८, २०८०

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सकारात्मक पहलकदमी र निर्णयविरुद्ध चौतर्फी प्रहार भइरहेको दाबी गरेका छन् । 

जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गरेकालाई शहीद घोषणा गर्ने विषय र अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने प्रक्रिया अघि बढाउँदा स्यालहुइँया मच्चाइएको प्रधानमन्त्री प्रचण्डले बताए ।  

अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाधिवेशनको सोमबार उदघटन गर्दै उनले त्यसविरुद्ध गर्जिन मजदुर नेतालाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले अयोग्य अडाकुलाई २ लाख दिने निर्णय आफू प्रधानमन्त्री भएपछि नभएको पनि स्पष्ट पारे । 

‘हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थितिमा सर्वोच्च अदालतले भनेबमोजिम बहिर्गमित लडाकुलाई २ लाख दिन खोज्दा स्यालहुइँया अपनाइएको छ’ उनले भने । 

‘हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थिति र सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २ लाख दिनू भनेर गरेको फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्यालहुइँया मच्चाउन खोजिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने । 

मजदुर नेताहरूलाई विशेष अपिल गर्दै उनले यसको प्रतिवाद गर्न आग्रह गरे । 

‘तपाईँ हामी अब गर्जिनुपर्छ । आन्दोलित हुनुपर्छ । तपाईँ हामी नगर्जिँदा स्यालहरू रजाइँ गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिँदैन’ प्रचण्डले भने, ‘मैले जनयुद्ध वा भूमिगत हुने भनेको होइन, सडकबाट गर्जिऔं भने पनि स्यालहरू लखेटिन्छन् ।’ 

उनले अहिले पनि जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्टाउने प्रयत्न भइरहेको दाबी गरे । 

उनले प्रधानमन्त्री पद र जिम्मेवारीलाई आफूले ठूलो चुनौतीका रुपमा लिएको पनि बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्