रास्वपामा २६ विषयगत विभाग गठन
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभागहरू गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले ३६ वटा विषयगत विभाग गठन गरेको हो ।
नीति तथा विचार विभाग र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी महामन्त्री डा. मुकुल ढकाललाई दिएको छ ।
यस्तै, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग, विपीन आचार्यलाई अभियान तथा प्रचार प्रसार विभाग, शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, डीपी अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुसुम महर्जनलाई मानवीय प्रवद्र्धन विभाग र दीपक बोहरालाई जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै, अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।
यसैगरी कानुन तथा न्याय विभागमा सोविता गौतम, मानव अधिकार विभाग प्रमुखमा सन्तोष परियार, युवा तथा खेलकुदका साथै स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन् ।
सांसद हरि ढकालले भ्रष्टचार निवारण तथा सुशासन प्रवद्र्धन विभागको जिम्मेवारी पाएका छन् ।