Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामकृष्ण र केकीको ‘माया हुन्छ भनन’ [भिडियोसहित]

सोमबार, वैशाख १८, २०८०

काठमाडौं –गायक रामकृष्ण ढकालको स्वरमा ‘माया हुन्छ भनन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोमा संगीतकार शम्भूजीत बासकोटाको संगीत छ ।

गीतको म्युजिक भिडियोमा स्वयम् गायक ढकाल र नायिका केकी अधिकारीको अभिनय छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ ।

लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता, गजल लगायत विभिन्न विधामा निरन्तर लागिरहेका छन् ।

गदालले नेपालको साहित्य क्षेत्रमा योगदान गरेवापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनका एकल गीतका धेरै एल्बम र गीत संग्रहहरू पनि प्रकाशित भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्