Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘अमेरिकी साम्राज्यवाद’विरुद्ध जनमोर्चाले जेठ १ देखि मेची–महाकाली अभियान गर्ने

सोमबार, वैशाख १८, २०८०

काठमाडौं –राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवाद’को विरुद्ध मेची महाकाली अभियान गर्ने भएको छ ।

देशमा अमेरिकी हस्तक्षेप बढेको ठहर गर्दै जनमोर्चाले जेठ १ गतेदेखि १५ गतेसम्म अभियान गर्ने जनाएको छ ।

जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले प्रेस वक्तव्य प्रकाशित गरी अभियानको तालिका सार्वजनिक गरेकी छन् ।

जेठ १ गतेदेखि एकैपटक कञ्चनपुर र बागलुङबाट सुरु हुने अभियानको प्रत्येक टोलीमा २÷२ वटा टोली रहने छ ।

कञ्चनपुरदेखि सुर्खेतसम्म सञ्चालित टोलीको नेतृत्व महासचिव मनोज भट्टले गर्नेछन् भने दाङदेखि बुटवलसम्म सञ्चालन हुने टोलीको नेतृत्व उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले गर्नेछिन् ।

त्यस्तै, पूर्वी टोलीमध्ये बागलुङदेखि मकवानपुरसम्म चल्ने टोलीको नेतृत्व कार्यकारी अध्यक्ष रश्मिराज नेपाली र बारादेखि काठमाडौँसम्म चल्ने अभियान टोलीको नेतृत्व केन्द्रीय सचिव हिमलाल पुरीले गर्नेछन् ।

दुवै टोलीको समापन जेठ १५ गते बुटवल र काठमाडौँमा हुनेछ । त्यस क्रममा पश्चिमी टोली कञ्चनपुरबाट बुटवलमा र पूर्वी टोली बागलुङबाट काठमाडौँमा आइपुग्ने छ ।

अभियानको क्रममा पत्रकार सम्मेलन, सभा र सांस्कृतिक कार्यक्रम गरिने छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्