कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य
काठमाडौं –नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।
उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले डा.आचार्यलाई सोमबार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले कांग्रेसका विभिन्न समितिहरूमा रहेर काम गरिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १७:०५
प्रतिक्रिया दिनुहोस्