वीरगन्जमा केपी ओलीको पुत्ला जलाइयो
वीरगन्ज–राजवादीहरूले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
वीरगन्जको घण्टाघर चोकमा सोमबार राजवादीहरूले ओलीको पुत्ला दहन गर्दै उनी विरुद्ध नाराबाजी पनि गरेका हुन् ।
ओलीले राजसंस्था र पूर्व राजपरिवारका सदस्य प्रति अपशब्द प्रयोग गरी सार्वजनिक अभिव्यक्ति दिएकाले यसले राजसंस्थाको अपमान भएको भन्दै नेपाल राष्ट्रवाद संघको अगुवाइमा राजवादीहरूले ओलीको पुत्ला जलाएका हुन् ।
पूर्वका जिल्लामा भएको कार्यक्रममा आफूमाथि आक्रमणको प्रयास भएपछि एमाले अध्यक्ष ओलीले पूर्व राजसंस्था र राजपरिवारका व्यक्तिहरूको संलग्नतामा आफूमाथि आक्रमणमा भएको अभिव्यक्ति दिएका थिए ।
त्यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको पुतला दहन गरिएको संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १७:२९
प्रतिक्रिया दिनुहोस्