Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस–एमाले सहकार्य सम्भव छैन : नेता कार्की

सोमबार, वैशाख १८, २०८०

सुनसरी–नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन् ।

सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आकलनसहितका टिकाटिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको बताए । 

उनले एमाले अबको पाँच वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए । उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने पनि बताए ।

उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए ।

नेता कार्कीले असारको बजेट अगावै कोसी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्