उद्योगमन्त्री रिजालद्वारा ‘जुत्ता चप्पल व्यापार मेला’ को अवलोकन
काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् ।
उनले मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै स्टलहरुको अवलोकन गरेका हुन् । जुत्ता चप्पलका स्वदेशी उद्योग तथा उत्पादनलाई प्राथमिकता राखेर र प्रवर्द्धन गर्नुपर्ने मान्यतासहित मन्त्री रिजालले मेलाको अवलोकन गरेका हुन् ।
मेलाको अवलोकन गर्ने क्रममा मन्त्री रिजालले ३ जोर जुत्ता चप्पलसमेत खरिद गरे ।
मन्त्री रिजालले आफ्नो लागि ३ जोर जुत्ता खरिद गरेपछि आयोजक उत्साही भएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० २०:५७
प्रतिक्रिया दिनुहोस्