Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल भर्सेस युएई : आज पनि पानी परेर खेल हुन नसके के हुन्छ ?

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ– एसिसी प्रिमियर कपअन्तर्गत सोमबार पानी परेर रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज फेरि पहिलेको अवस्थाबाट हुने भएपछि क्रिकेटप्रेमीमाझ जिज्ञासा उब्जिएका छन् । 

प्रमुख जिज्ञासा छ आज पनि पानी परेर खेल हुन नसके के हुन्छ ? यसको जिज्ञासा यसरी मेटाउन सकिन्छ । आजको खेल पनि वर्षाले अवरूद्ध भए ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताका आधारमा च्याम्पियनको टुंगो लाग्नेछ । नेपाल ओडिआई वरीयतामा १४ औं र युएई १९ औं स्थानमा छन् । यसलाई आधार मान्दा नेपाल स्वतः प्रतियोगिताको विजेता बन्दै पहिलोपटक एसिया कपमा छनोट हुनेछ ।

जहाँ नेपालले भारत र पाकिस्तानसहितका ठूला टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजक नेपाल र युएईबीचको आज पुनः सोमबारकै अवस्थाबाट कीर्तिपुरस्थित त्रिवि मैदातनमा बिहान ९ बजे खेल सुरु हुनेछ । अर्थात्, २७ दशमलव ३ ओभरबाट खेल सुरु हुनेछ । बलिङमा नेपालको तर्फबाट ललित राजवंशी आउने छन् भने ब्याटिङमा युएईका अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउने छन् ।

लगातारको वर्षाले नेपाल र युएईबीचको फाइनल खेल सोमबार अबरुद्ध भएको थियो । 

सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्