Nic Ad Nic Ad
Nic Ad Nic Ad
आजको मौसम :

सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ– आज दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति पनि कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ ।  

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्