लखनाऊलाई हराउँदै बेंग्लोर पाँचौ स्थानमा उक्लियो
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रायल च्यालेन्जर्स बेंग्लोरले लखनाऊ सुपर जायन्टलाई हराएको छ ।
बेंग्लोरले घरेलु टोली लखनाऊलाई १८ रनले हराउँदै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । उसको १० अंक छ ।
चौथो हार बेहोरेको लखनाऊको पनि ९ खेलबाट १० अंक नै छ, तर रनरेटका आधारमा तेस्रो स्थानमै छ ।
शीर्ष स्थानको गुजरात टाइटन्सको १२ अंक छ भने दोस्रोदेखि छैटौं स्थानसम्मको टोलीको समान १० अंक छ ।
गएराति बेंलोरले १२६ रनको समान्य लक्ष्य रक्षा गर्दै सिजनको पाँचौ जित हात पारेको हो ।
एकना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा १२६ रन बनाएको थियो ।
बेंग्लोरका बलरले कसिलो बसिङ गरेपछि लखनाऊ १९.५ ओभरमा १०८ रनमै अलआउट भयो ।
लखनऊका लागि कृष्नपा गौथमले सर्वाधिक २३ रन बनाए । यस्तै अमित मिश्राले १९ तथा मार्कुस स्टोइनेस र नभिन उल हकले समान १३ रन बनाए ।
बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले समान २ तथा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले १÷१ विकेट लिए ।
त्यसअघि बेंग्लोरका कप्तान फाफ डू प्लेसिसको सर्वाधिक ४४ रन बनाएका थिए । विराट कोहलीले ३० बलमा ३१ रन बनाउँदा ३ चौका प्रहार गरे ।
लखनाऊका लागि नभिन उल हकले तीन तथा रवि बिष्नोई र अमित मिश्राले समान २ विकेट लिए ।