धरानभित्र कसैले घुस मागेको थाहा पाए बाटोमै घिसार्ने हर्क साम्पाङको चेतावनी
काठमाडौं–धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन् ।
स्थानीय विकास–निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत घुस नखान कडा आग्रह गर्दै कसैले घुस मागेको थापा पाए बाटोमै घिसार्ने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु ।’
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ११:३०
प्रतिक्रिया दिनुहोस्