Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मागे विश्वासको मत

मंगलबार, वैशाख १९, २०८०

बुटबल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत मागेका हुन् । 

samridhi jewllers

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता चौधरी गत बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । 

मुख्यमन्त्री नियुक्त हुँदा चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्र १ सांसद गरी ५३ जना सांसदको समर्थन छ । 

प्रदेश सभामा विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस हुँदा मुख्यमन्त्री चौधरीले ५३ जनाकै समर्थन प्राप्त गर्ने सम्भावना छ । प्रदेश सभाबाट विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने चौधरीको तयारी छ । 

शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदा चौधरीले ३ जना मन्त्रीलाई समेत नियुक्त गरेका थिए । माओवादी केन्द्रबाट धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे मन्त्री बनेका छन् । दलहरुबीच मन्त्रालयको भागबण्डा नमिल्ला मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको थिएन । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार