Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी

मंगलबार, वैशाख १९, २०८०

मलंगवा –जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलगी भएको छ । विद्युत सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका विद्युत उपकरण जलेर नष्ट भएको छ ।

samridhi jewllers

आगलागी भएर निस्केको धुवाँ ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति हुन नसकेको हो । छेउमै रहेको बारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रण गर्ने क्रममा राहदानी शाखाको कम्प्युटरमा समेत क्षति पुगेको छ ।

नागरिकता प्रतिलिपि फाँटका कम्प्युटर, प्रिन्टरलगायतका उपरकण जलेर नष्ट भएपछि अर्को सूचना नहुञ्जेलसम्मका लागि सेवा बन्द गरिएको छ । आगोले शाखामा रहेको श्रेस्ता र सर्भरमा प्रविष्ट भएको तथ्याङ्कमा कुनै क्षति नभएको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्