Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

मंगलबार, वैशाख १९, २०८०

दाङ –लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  विश्वासको मत लिएका पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत लिएका हुन् । प्रदेश सभाका बहुमत ५३ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । 

samridhi jewllers

मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ । 

मुख्यमन्त्रीलाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति,लोसपा,जसपा, जनमत,र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । एमालेले विपक्षमा मतदान गरेको छ । 

अहिले मुख्यमन्त्रीसँगै नेकपा माओवादीबाट धनबहादुर मास्की,लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार