Nic Ad Nic Ad
Nic Ad Nic Ad

आगालागीमा परी विहारमा ४ जनाको मृत्यु, ७ घाइते

बुधबार, वैशाख २०, २०८०

मुजफ्फरपुर– भारतको विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्युभएको छ भने अन्य सात जना घाइते भएका छन् । 

जिल्लाको रामदयालु रेलवे स्टेसननजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका प्रमुख सुधांशु शेखरले बताएका छन् ।

पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन् । 

आगलागीको खबर प्राप्त हुनेबित्तिकै अग्नि नियन्त्रण विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए ।

घाइतेहरूको श्रीकृष्ण चिकित्सा अध्ययन प्रतिष्ठानमा उपचार भइरहेको छ । 

आगलागीको वास्तविक कारण नखुलेको बताउँदै सुरक्षा अधिकारीहरूले त्यस सम्बन्धमा अनुसन्धान थालिएको जनाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०५:५५
प्रतिक्रिया दिनुहोस्