बालेनको आक्रोश– नयाँ–पुराना सबै नेता चोर हुन्
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह बालेनले नेताहरूप्रति फेरि आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जालमा आक्रोश पाख्दै नयाँ–पुराना सबै नेता चोर भएको आरोप लगाएका छन् ।
‘नयाँ–पुराना सबै नेताहरू चोर हुन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन ।’
आफूलाई काम गर्न बाधा गरेको भन्दै मेयर बालेन पछिल्लो समय नेताहरूसँग क्रुद्ध बनेका छन् । गत महिना पनि मेयर बालेनले नेताहरूलाई फोहोर फाल्ने ठाउँमा फाल्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० ०७:११
प्रतिक्रिया दिनुहोस्