Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता गठबन्धनको बैठक बस्दै, नीति तथा कार्यक्रम, बजेट र मन्त्रिपरिषद् विस्तार मुख्य एजेन्डा

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–सत्ता गठबन्धनका प्रमुख दलहरूको बैठक बुधबार बस्दैछ । दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल हुनेछ । 

आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साविककै मन्त्रालय दिएर सरकारमा ल्याउन पहल गरिरहेकाले बैठकमा यस विषयमा पनि छलफल हुनेछ ।  

बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

कांग्रेसले आफ्नो भागमा परेका तीन मन्त्री अझै पठाएको छैन भने जसपाले पनि एकजनाको नाम दिन बाँकी छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार