Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंगोलियन हार्टको अष्ट्रेलिया यात्रा सम्पन्न

बुधबार, वैशाख २०, २०८०

काठमाडौं –चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया यात्रा सम्पन्न भएको छ ।

१० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगितिक यात्रा एडलेडमा पुगेर टुंगिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको हो ।

१० वर्षपछि मंगोलियन हार्ट अष्ट्रेलियाको यात्रामा निस्किएको हो । कन्सर्ट भएका हरेक शहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठूलो भीड जम्मा भएको ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए ।  

हरेक शहरमा भएको कन्सर्टमा ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट आफ्नो प्रस्तुति सुरु गर्दै ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायत चर्चित गीत गाएर दर्शक झुमाएका थिए ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट उनी चर्चामा आएका थिए ।

लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्