Nic Ad Nic Ad
Nic Ad Nic Ad

युवा सशक्तिकरणका लागि कोका–कोलाको ‘युथ डायलग’

बुधबार, वैशाख २०, २०८०

काठमाडौं –कोका–कोला नेपालले ‘युथ डायलग’ कार्यक्रम प्रस्तुत गरेको छ ।

कार्यक्रममा तीन प्यानलिस्टहरू– ब्लाइंड रक्सका संस्थापक÷अध्यक्ष सृष्टि केसी, मिडिया व्यक्तित्व, लेखक तथा फिल्म निर्माता सम्पदा मल्ल र प्रसिद्ध ब्याण्ड ‘कुटुम्ब’का सदस्य तथा ‘प्रोजेक्ट सारंगी’ का गुरु किरण नेपालीको उपस्थिति थियो ।

‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो ।

२०० भन्दा धेरै विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्