Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालसँग सिधा हवाई उडान गर्न कम्बोडिया इच्छुक

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालबीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशबीचको शान्ति प्रक्रियाका अनुभवहरू आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको छ । अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्धमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालबीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखे । 

कम्बोडियाका प्रधानमन्त्रीले सिधा हवाई सेवा सञ्चालनका लागि आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोमा बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढेको अवस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने यनले विश्वास जनाए ।

नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदान–प्रदान गर्न पनि दुई पक्षीय सम्बन्ध विस्तारमा पनि उनले जोड दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्