सुनको मूल्य तोलामा १८०० बढ्यो
काठमाडौं–सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ हजार ७५० रुपैयाँले बढेको हो ।
बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४२५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १२:१८
प्रतिक्रिया दिनुहोस्