Nic Ad Nic Ad
Nic Ad Nic Ad

उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव लिन महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो ।

विज्ञ समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरू केशव आचार्य र डा. कल्पना खनाल छन् ।

विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बसेको छ । विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुझावलाई प्रभावकारी रूपमा सरकारसमक्ष पेश गर्न थप सहयोग पुग्ने विश्वास लिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । विज्ञ समूहको पहिलो बैठकले वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार