Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसीसी प्रिमियर कपका विजेता खेलाडीलाई सरकारले जनही ६ लाख दिने

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी क्रिकेट खेलाडीहरूलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने भएको छ । 

मंगलबार र बुधबार गरी २ दिन बसेको मन्त्रिपरिषद्को बैठकले विजयी क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकहरूलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । तर, मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

मंगलबार नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा युएईलाई ७ विकेटले हराएर ऐतिहासिक जित निकाल्दै एसिया कपमा स्थान बनाएको थियो । 

नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसिया कपमा स्थान बनाएको नेपालले समूह एमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्