Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरमै ठोक्कियो ट्रक, ३ जनाको मृत्यु

बुधबार, वैशाख २०, २०८०

तनहुँ –ट्रक पल्टिेर घरमा ठोक्किंदा तनहुँमा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

तनहुँ बन्दीपुर गाउँपालिका –५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल,  वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल छन् ।

५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्