नेभिगेशन
अटोमोबाइल्स

सामसङले नेपाली बजारमा ल्यायो फाईभजी मोबाइल एम१४

काठमाडौं–नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डमध्येको सामसङले नेपाली बजारमा नयाँ फाईभजी मोबाइल एम१४ ल्याएको छ ।

सामसङ एम१४ फाईभजी स्मार्टफोनमा ५० मेगापिक्सलको तीन वटा क्यामरा, ६ हजार एमएएचको ब्याट्री र पाँच एनएम प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एम१४ फाईभजीमा ५० एमपिका तीन वटा क्यामराहरू रहेका छन् । यसमा जडित एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न बनाउने कम्पनीले जनाएको छ । यस्तै, यसमा सेल्फी खिच्नका लागि १३ एमपीको फ्रन्ट क्यामरा जडित छ ।

फोनमा रहेको ६ हजार एमएएचको ब्याट्रीले ग्यालेक्सी एम १४ फाइभजीलाई ‘पावर मोन्स्टर’ बनाइदिएको कम्पनीकोे भनाइ छ । यो फोनको चार्ज दुई दिन टिकाउने कम्पनीले सामसङको भनाइ छ । यो स्मार्टफोनले २५ वाटको तीव्र चाजिंङलाई सपोर्ट गर्ने भएकोले छिटो चार्ज हुनेछ ।

मोबाइलको बारेमा जानकारी दिँदै सामसङ नेपाल, मोबाइल बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ पाँच जी मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स