Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसबाट ३ मन्त्री नियुक्त

बुधबार, वैशाख २०, २०८०

काठमाडौ–प्रधानमन्त्री पुष्पकमल दाहालले ३ जना मन्त्री नियुक्त गरेका छन् । ती तीनै जना नेपाली कांग्रेसको कोटाबाट मन्त्री नियुक्त भएका हुन् । मन्त्री नियुक्त हुनेहरूमा धनराज गुरुङ कानुन, मोहन बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बु युवा तथा खेलकुद हुन् । गुरुङ कांग्रेस उपसभापति पनि हुन् ।

 प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । 

यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूर्णता पाएको छ । 

mantri name1683112994.jpg

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्