Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिबाट २४ वैशाखमा संघीय संसदको अधिवेशन आह्वान

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको अधिवेशन आह्वान गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान भएको हो ।

राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।

यसअघि गत वैशाख १५ मा संसद अधिवेशन अन्त्य भएको थियो ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्