Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजेटको मुखैमा फेरिए अर्थ सचिव

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ– अर्थ मन्त्रालयका अर्थ सचिव परिवर्तन गरिएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नयाँ अर्थसचिवमा अर्जुन पोखरेललाई परिवर्तन गरेको हो । हालका अर्थसचिव तोयम रायलाई राष्ट्रपति कार्यालय पठाइएको छ । 

प्रधानमन्त्री कार्यालयमा कार्यरत पोखरेललाई आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटको मुखैमा अर्थमा ल्याइएको हो ।  

हुलाक अधिकृतका रुपमा २०५१ सालबाट सरकारी सेवामा प्रवेश गरेका पोखरेल २०६१ सालमा उपसचिव भएका थिए । २०६७ सालमा सहसचिव बनेका उनी ३ वर्षअघिमात्रै सचिवमा बढुवा भएका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार