Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिँदै

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– नेपाली कांग्रेसबाट नियुक्त भएका ३ मन्त्रीहरूको पद तथा गोपनियताको शपथ आज लिँदैछन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरूको सपथ आज दिउँसो ३ बजेका लागि तय भएको जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँपटक मन्त्रिपरिषद् विस्तार गरेको हुन् । यद्यपि, मन्त्रिपरिषद्ले पूर्णता अझै पाएको छैन । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्