बेलायत–इजरायली महिलाको हत्यामा संलग्न तीन जना मारिए
जेरुसेलम– इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ ।
हत्यामा सङ्लग्न दुई सङ्दिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र शिन बेट सुरक्षा सेवाको संयुक्त अपरेशनमा नाब्लसमा मारिएको बताइएको छ ।
यसले तीन जना मृतकलाई “लेआ, माइया र रिना डीका हत्यारा”को रूपमा पहिचान गरेको छ ।
जो अप्रिल ७ मा जोर्डन उपत्यकाको नजिकै आफ्नो गाडीमा भएको आक्रमण पछि ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १८:२०
प्रतिक्रिया दिनुहोस्