Nic Ad Nic Ad
Nic Ad Nic Ad

खेलकुद क्षेत्रको विकासमा दिनरात मेहनत गर्छु : नवनियुक्त मन्त्री लिम्बू

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताएका छन् । 

उनले आफ्नो मन्त्रालयमा आज पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगत्मा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताए ।

मन्त्री लिम्बूले क्रिकेट खेलमात्र नभई अन्य खेलले पनि नेपाललाई चिनाउन सक्छन् भन्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने बताए । खेल क्षेत्रमा आबद्ध सबैले सकारात्मक सोच बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री लिम्बूले क्रिकेट खेलले ऐतिहासिक सफलता पाएको भन्दै यस खेलका लागि चाहिने आवश्यक भौतिक पूर्वधारको विकासमा कुनै कसर बाँकी नराख्ने बताए ।

यही वैशाख १९ गते नेपालले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै उपाधि जितेको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्