Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘टुल्की’ जेठ १२ मा प्रदर्शन हुने

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं–बहुपति प्रथामा आधारित फिल्म 'टुल्की' आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ ।

‘द पाल्म ग्रुप प्रालि’ले निर्माण गरेको फिल्ममा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले बताए । 

फिल्म डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको छ ।

फिल्ममा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई फिल्ममा उजागर गरिएको छ ।

फिल्म निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । 

फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने फिल्ममा सम्पादन तारा थापा, पार्श्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको अभिनय छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्