Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा सडक दुर्घटना : ११ जनाको मृत्यु

शुक्रबार, वैशाख २२, २०८०

नयाँ दिल्ली– भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । 

उक्त घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, ‘बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ ।’

छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

उनीहरूको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए । दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ । 

स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्