Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ह्यासट्याग माया’ को छायांकन अर्को हप्ता

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा शुक्रबार चलचित्र मुुहुर्त गरिएको हो ।

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहने छ ।

निर्माण समूहले चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा गरिछ ।

‘४५ दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं । थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ। अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् ।

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन  म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्