Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि–बजेट छलफल सोमबारदेखि

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं –प्रतिनिधिसभाको बर्खे अधिवेशन आगामी वैशाख २४ देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव)बाहेक छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
अर्थमन्त्रीले प्रि–बजेट छलफलको लागि प्रस्ताव प्रस्तुत गरेपछि अर्को २५ देखि २७ सम्म प्रि–बजेट छलफल गर्ने र सरकारले छलफलमा उठेका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ । प्रमुख विपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा हुने भएकाले सो समय अघि नै प्रि–बजेट छलफल सकिने गरी तयारी गरिएको हो ।
राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त भइसक्नु पर्छ । आगामी जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने भएका कारण सो समयलाई ध्यानमा राखेर प्रि–बजेट छलफल गर्न लागिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्